Friday 6 November 2026 / शुक्रबार, २१ कार्तिक २०८३

काठमाडौँ, अफ्रिकाका विभिन्न देशमा फैलिरहेको घातक इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई नयाँ सम्भावित खोपको क्लिनिकल परीक्षण अघि बढाउन स्वीकृति दिएको छ।

हाल फैलिरहेको इबोला प्रकोप ‘बुन्डिबुग्यो’ भाइरसका कारण भएको हो। यो इबोलाको दुर्लभ प्रकार हो, जसविरुद्ध अहिलेसम्म कुनै खोप स्वीकृत भएको छैन।
सन् २०२६ को मे महिनादेखि प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा सुरु भएको प्रकोप केन्या, नाइजेरिया र युगान्डासम्म फैलिएको छ। यस प्रकोपका कारण हालसम्म ५ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको बताइएको छ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससका अनुसार परीक्षणका लागि सिफारिस गरिएका दुवै खोप विशेषगरी बुन्डिबुग्यो भाइरसलाई लक्षित गरी विकास गरिएका हुन्। खोप परीक्षण सफल भएमा इबोला नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय