Thursday 15 October 2026 / शुक्रबार, ३० आश्विन २०८३

काठमाडौं , राष्ट्रिय युवा संघ नेपालद्धारा काठमाडौंको प्रज्ञा भवनमा आयोजित वृहत युवासंघको कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आउने भएपछि सुरक्षाकर्मीहरुले युवासंघको कार्यक्रममा आएका कालो मास्क , कालो पन्जा, कालो फेता लगाएका युवाहरुलाई प्रवेशद्धारमा नै कालो माक्स खोली विना माक्स सभाहलमा प्रवेश गराएका थिए ।

उक्त कालोमाक्स विरोधको प्रतिक स्वरुप हुने भएकोले माथिको निर्देशन भन्दै सुरक्षा कमीहरुले कालोमास्कमा आएका युवाहरुलाई गेटमा नै रोकेका थिए भने युवाहरु छक्क परेर हास्दै विना मास्क भित्र प्रवेश गरेका थिए भने कोही सुरक्षाकर्मीसंग रिसाउदै वाहिरनै चौरमा वसेर भाषण सुन्दै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय