बारा पुस २७ : नेपाली सेनाले बाराको करैयामाईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाली सेनाको श्री नं २८ बाहिनी अड्डाले चन्दननाथ गण र श्री नं २८ फिए का स्वास्थ्यकर्मीको सहयोगमा करैयामाई गाउँपालीका–७ स्थित जनाता मा वि मा आईतबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा नेपाली सेनाको टोलीले स्थानियहरुको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधी वितरण गरीएको थियो । शिविरबाट चारसय भन्दा बढि सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।
शिविर “दुःखको बेला नेपाली सेना,जनतासँग” भन्ने सेनाको मर्म अनुसार सेनाले कोभिड –१९ र आर्थिक विपन्नताको कारण उपचारबाट बञ्चित सर्वसाधारणको उपचार गरेको श्री नं २८ बाहिनी अड्डाका बाहिनीपति जोनसन खड्काले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालय प्रदेश २, नेपाल औषधि उत्पादक संघ, सैनिक अस्पताल पोखरा, श्री चन्नदनाथ गण र श्री नं २८ फि ए गुल्मको विशेष सहयोगमा सम्पन्न भएको शिविरमा स्थानिय महिलाहरुको उल्लेखिय सहभागिता रहेका थियो । शिविरमा महिलासम्बन्धि समस्या, स्वासप्रस्वास, पेट, हाडजोर्नि, एलर्जी सम्बन्धि समस्याबाट पिडितहरुको बढिमात्रामा सहभागिता रहेको नेपाली सेनाले जनाएको छ ।