Tuesday 3 December 2024 / मंगलवार, १८ मंसिर २०८१

काठमाडौँ- हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने अवार्डमार्फत उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी, प्रशिक्षक र संघलाई एकै एकै ठाउमा भेला गरेर सम्मान गर्दै आएको छ ।

यस वर्षको अवार्ड ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को कराते हलमा आयोजना भएको छ ।

उक्त्त कार्यक्रममा गौरिका सिंह ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्। १३ औं सागमा ४ वटा स्वर्ण, २ रजत, ३ कांस्य जितेकी पौडी खेलाडी गौरिका सिंह यस वर्षको उत्कृष्ट महिला खेलाडी भएकी छन् । गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पारिन्। सबैले सागमा स्वर्ण जितेका थिए।

तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिककी सन्तोषी श्रेष्ठलाई संयुक्त रूपमा यस वर्षको स्पेस पल्सर स्पोर्टस अवार्ड प्रदान गरिएको छ ।

१७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा महिला भलिबल टोलीलाई उत्कृष्ट टिमको अवार्ड दिइएको हो ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यसैगरि उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते), उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी), उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ), उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो), पिपल्स च्वाइज : अरुणा शाही (भलिबल), पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान), स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), टिम अफ दि इयर : महिला भलिबल, लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस) लाई दिइएको थियो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय