Tuesday 22 April 2025 / बुधबार, १० बैशाख २०८२

बुनिया, लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

देशको इटुरी प्रान्तमा बुधबार राति अवेरदेखि बिहीबार बिहान सवेरैसम्म भएको घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका हुन् ।

एलाईड डेमोक्र्याटिक फोर्स (एडीएफ)मा आवद्ध विद्रोहीहरू मारिएको प्रान्तीय गृहमन्त्री अजीओ गिगीले बताउनुभयो ।

घटनामा परी एक महिला र दुई बर्षीय एक बच्चा मात्रै घाइते भएको जनाइएको छ । एडीएफ विद्रोही समूहले गत बर्षदेखि आफ्ना गतिविधिहरूलाई इटुरी र दक्षिण किभु प्रान्तमा विस्तार गरेको छ ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय