Saturday 26 September 2026 / आईतवार, ११ आश्विन २०८३

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयर बाट सम्मानित भएका छन् ।

सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ ब्राण्ड म्यानेजर अफ दि इयर थापाले प्राप्त गरेका हुन् ।

उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस किटेल (अमेरिका) र पूर्व मन्त्री एकनाथ ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा नेपालसहित एसियन मुलुकका ११ जना समेत गरी ३४ जनाले अवार्ड प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय