Friday 25 September 2026 / शनिबार, १० आश्विन २०८३

सन्राइज बैंक “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित भएको छ ।

काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंकले “वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवाडर््स २०२१” बाट सम्मानित भएको हो ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणप्रत्र ग्रहण गर्नुभएको थियो ।

साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरुमा अवार्ड प्रदान गरेको थियो । दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरुलाई सो संस्थाको समितिले मुल्यांकन गरी अवार्डका लागि छनोट गर्ने गरेको हो ।

बैंकले अपनाउदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिईदै आएको यस अवार्डलाई दक्षिण एसियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय