Wednesday 21 October 2026 / बुधबार, ५ कार्तिक २०८३

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रण र रोकथामलाई प्राथमिकता दिइने बताउनुभएको छ । महाकाली प्रादेशिक अस्पतालमा आज आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले कोरोना महामारी सबैभन्दा बढी जटिल र चुनौतीपूर्ण भएकाले आगामी वर्षको बजेट कोरोना नियन्त्रणलाई मध्यनजर गरी आउने जानकारी दिनुभयो ।

“सबैभन्दा ठूलो समस्या कोरोना महामारीको छ । त्यसबारे सबैलाई जानकारी नै छ”, मन्त्री खड्काले भन्नुभयो, प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउँछ । स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर रुपमा बजेट आउँछ ।” महाकाली अस्पताल विगतको तुलनामा सुधार भएर अघि बढेको बताउँदै उहाँले त्यसलाई निरन्तरता दिन प्रदेश सरकार सधैँ तयार हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय