Wednesday 21 October 2026 / बुधबार, ५ कार्तिक २०८३

विराटनगर, नेपाल तरुण दल सुन्दर हरैचा कार्य समिति ले मिलन श्रेष्ठ को संयोजनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना को महामारी र लकडाउन को कारण ले बिभिन्न स्वास्थ्य संस्था मा रंगत को अभाब भैरहेको समाचार आईरहदा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल तरुण दल ले बृहत रक्तदान कार्यक्रम गरेको नेपाल तरुण दल का नेता श्रेष्ठ ले बताउनु भयो।सो रक्तदान कार्यक्रम मा १५८ पिन्ट रंगत संकलन भयको र सो कार्यक्रम मा बोल्दै नेपाल तरुण दल सुन्दर हरैचा का नेता तथा सभापति मिलन श्रेष्ठ ले जनता का हरेक सुख(दुख मा तरुण दल ले साथ दिने र जनता को हरेक पिडामा तरुण दल हरदम रहने कुरा बताउनुभयो।। सुन्दर हरैचा नगरपालिका को गछिया खेल मैदान मा भयको उक्त रक्तदान कार्यक्रम मा डाक्टर देवराज घिमिरे बाट कोरोना सम्बन्धी जनचेतना फैलाउनु का साथै मास्क,स्यानिटाईजर बितरण गरियको थियो।

नेपाल मा लकडाउन भयसंगै नेपाल तरुण दल सुन्दर हरैचा नगर कार्य समिति ले बिगत एक महीना देखि राहत बितरण, संक्रमित व्यक्ति को घर (घर मा स्यानिटाईजर छर्कने,मास्क बितरण गर्नु का साथै चिकित्सक सहित को जनचेतना फैलाउने काम गर्दै आयको तरुण नेता कुन्दन ढुंगाना ले बताउनु भयो .

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय