Saturday 13 April 2024 / आईतवार, २ बैशाख २०८१

गण्डकी, माटोको सुगन्ध नबोक्ने र मानिसको हृदय नछुने गीत के गीत १ गीतमा प्रकृतिको धुन र लोकको सुस्केरा होस् तब पो लोकगीत १ गायक तथा सर्जक वसन्त थापा पनि जनजीवनका भाका सुटुक्क टिप्नुहुन्छ र गीतमा प्राण भर्नुहुन्छ । चाहे त्यो पञ्चेबाजामा होस् या ठाडो भाकामा ।

उहाँको सङ्गीत–साधनाको जमिन भनेकै समाजका रीतिथिती, संस्कृति र भोगाइहरु हुन् । थापाले भन्नुभयो, “मौलिकता हराएको, संस्कृति लोप हुने किसिमका गीत मैले गाउनु नपरोस् । अहिलेसम्म आफैँले तय गरेको सङ्गीतसाधनाको घेराभित्र छु । खोजी र अनुसन्धानका पक्षबाट हेर्दा लोकसङ्गीतमा अझ धेरै काम गर्न बाँकी छ ।”

सङ्गीतकर्ममा दुई दशक बिताउनुभएका थापा पूर्णकालीन गायक तथा सङ्गीतकारका रुपमा परिचित हुनुहुन्छ । अहिले ४० वर्षका उहाँ नेपाली लोकसङ्गीतका उम्दा प्रतिभाका रुपमा दरिनुभएको छ । भिन्न पहिचानसहित थापा लोकसङ्गीतको सेवामा अनवरत सक्रिय हुनुहुन्छ । ठेट लय र शब्दमा जब उहाँको मादक स्वर मिसिन्छ तब त्यो लोकको सृजना बनिदिन्छ । उहाँमा बेग्लै स्वर र लठ्याउने गायकी रहेको धैरैले भन्ने गरेका छन् ।

मौलिक गायनमा थापाको प्रभावशाली उपस्थितिले उहाँको सङ्गीतप्रतिको रुचि र कलालाई पुष्टि गर्दछ । उहाँले हरेकजसो गीतमा आफ्नै गाउँबस्ती, चालचलन र परिवेशलाई उजागर गर्नुभएको छ । कतिपयले यसलाई सृजनात्मक दायरा खुम्चाएको रुपमा पनि अथ्र्याउने गर्छन् । सङ्गीत–साधनामा लिप्त हुँदा उहाँ उही धर्ती, आँगन र पाखापखेरुमा पुग्नुहुन्छ । जहाँ उहाँ जन्मनुभयो, हुर्कनुभयो र गीत गुन्गुनाउन सिक्नुभयो ।

विगततिर नफर्केको भए, गाउँको माया मारेको भए थापाले कहाँ जन्माउन सक्नुहुन्थ्यो होला र १ ‘वारि घुम्टे, पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरम खोलाको’ या अरू यस्तैयस्तै । देशभित्र मात्र नभएर विदेशका झकिझकाउ मञ्चमा पनि उहाँ नेपाली परिवेश र गाउँबस्तीका भाकामा गुञ्जिनुहुन्छ । गीतसङ्गीतमार्फत आफ्नो जन्मभूमिलाई देशविदेशमा चिनाउने उहाँको उद्देश्य छ ।

“लोकसङ्गीत फेरि एकपटक जुर्मुराएको छ, नयाँ पुस्ताको प्रवेश लोभलाग्दो छ”, थापाले भन्नुभयो, “हामी आफ्नै मौलिकपनमा नफर्की सुखै छैन, लोप हुन लागेका हाम्रा संस्कृति, भाका, परिवेशअनुसार लय जोगाउनुपर्छ । लोकगीतका क्षेत्रमा खोज, अनुसन्धान गर्न राज्य तहबाट पनि अग्रसरता लिनु जरुरी छ ।” उहाँले गीतमा प्रयुक्त भाषा नबुझेपनि नेपाली लोकधुन सुनेर विदेशीहरुसमेत रमाउने गरेको बताउनुभयो । संसारभर छरिएका नेपालीले पनि लोक शैलीका गीतलाई बढी रुचाउने गरेको थापाको भनाइ छ ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका थापाले विसं २०५९ मा ‘नीलो फेवाताल’ गीतबाट साङ्गीतिक यात्रा थाल्नुभएको थियो । ‘निलो फेवाताल’देखि ‘सालको पातको टपरी’ हुँदै ‘अरे भैया’सम्म आइपुग्दा थापाले नेपाली लोकसङ्गीतमा आफूलाई दह्रो गरी उभ्याउन सफल हुनुभएको छ ।

उहाँको सङ्गीत, नवराज पन्तको शब्द, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध लोकदोहारी गीत ‘सालको पातको टपरी’ले इतिहास रच्न सफल भएको थियो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको÷सुनिएको गीतमा पर्दछ । अहिलेसम्म उक्त गीतले नौ करोड बढी ‘भ्युज’ बटुलिसकेको छ । चलनचल्तीका लोकदोहोरीसँगै ठाडो भाका, सालैजो, रत्यौली, यानीमाया जस्ता कैयन मौलिक गीतमा थापाले सङ्गीत दिनुभएको छ । कतिमा शब्द रच्नुभएको छ भने कुनै आफैँले गाउनुभएको छ ।

चार वर्षअघि सार्वजनिक चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली।।।’ गीतमा पनि उहाँको स्वर र सङ्गीत छ । विसं २०६९ मा सार्वजनिक गजल गीत ‘यो माया हराएको सहर हो प्रिया।।।’ मा उहाँकै सङ्गीत छ । गीतकार राम थापाको शब्द रहेको उक्त गजल गीतबाट नै अहिलेका चर्चित गायक राज सिग्देलको साङ्गीतिक यात्रा सुरु भएको थियो ।
“गीत गाउने रहरले काठमाडौँ छिरेको २१ वर्ष बितिसक्यो”, थापाले विगत सम्झँदै भन्नुभयो, “म अहिले जहाँ छु, आफ्नै सृजना र श्रोता÷दर्शकका कारणले छु । म लोकसङ्गीतमै आफूलाई समर्पित गर्न चाहन्छु । मौलिक लयको खोजी र सङ्कलनमा अझ व्यवस्थित ढङ्गले लाग्नुछ, यसमा साङ्गीतिक समूह नै बनाएर काम गर्ने योजनामा छौँ ।”

लोकसङ्गीतमा व्यावसायिक रुपमा टिक्ने थोरै कलाकारमध्येको सूचीमा उहाँ पर्नुहुन्छ । अथक मेहनत र साधनाको भट्टीमा खारिँदै थापाले लोकसङ्गीतमा उपल्लो स्थान बनाउनुभएको हो । “सङ्गीतप्रतिको सोख र मोहले नै आज यो ठाउँमा पु¥यायो”, उहाँले भन्नुभयो, “नारायणगोपाल, रामकृष्ण ढकाल, यम बरालको पुस्ताका गीत सुनेर हुर्कियौँ । हामीलाई सङ्गीतसँग जोड्ने त्यो बेलाको माध्यम रेडियो नेपाल मात्र थियो ।”

रुचि सबैखाले गीतसङ्गीतमा भए पनि उहाँ आफ्नो सृजनाकर्मको केन्द्र लोकसङ्गीतलाई नै मान्नुहुन्छ । व्यावसायिक सफलता हात पार्न लोकसङ्गीतको महत्वपूर्ण भूमिका रहेको थापाको भनाइ छ । मौलिकता, सृजनात्मकता, प्रस्तुतिमा नयाँपन र साधना सफलताको मन्त्र रहेको उहाँले बताउनुभयो ।

“सृजनाकर्मबाट सन्तुष्ट छु, एउटा सर्जक पनि व्यावसायिक भएर बाँच्न सक्छ भन्ने उदाहरण स्थापित भएको छ”, थापाले भन्नुभयो । समाजमा सुषुप्त अवस्थामा रहेका मौलिक लोकभाकालाई टिपेर त्यसलाई नयाँपन दिनमा उहाँ पोख्त हुनुहुन्छ । “लोकदोहोरीमा भरिने सङ्गीत अहिले व्यावसायिक बनेको छ । नयाँनयाँ प्रयोग पनि भइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले सरसापटीमा लय दिने, अथवा मैले यस्तो गीत रचेको छु भनेर गाउने प्रचलन थियो । अहिले त्यो छैन, गायक तथा निर्माताहरु स्वयं नै सङ्गीत चाहियो भनेर आउनुहुन्छ ।”

थापाले गीतमा सङ्गीत भरेबापत प्रशस्त पारिश्रमिक पाउने गरेको बताउनुभयो । पछिल्लो समय भने आफ्नै गीतमा बढी समय दिनुपरेको उहाँको भनाइ छ । गायन र सङ्गीतलाई एकैसाथ अघि बढाउने धेरै कम सर्जकमध्येमा थापा पर्नुहुन्छ । उहाँ गीत रचनामा पनि सिद्धहस्त हुनुहुन्छ ।

लोकप्रिय पञ्चेबाजा गीत ‘वारि घुम्टे पारि गाजा’, ‘बागलुङ बजारमा बाघको सालिक’, ‘माछा मीठो असला दरमखोलाको’ र ‘आलु मीठो ताराखोलाको’ उहाँले आफैँ लेख्नुभयो, सङ्गीत भर्नुभयो र गाउनुभयो । उहाँलाई गीतमा विष्णु माझीदेखि देवी घर्तीसम्मका चर्चित गायिकाले साथ दिनुभएको छ ।

नवराज पन्त, प्रल्हाद सुवेदीलगायत नाम चलेका गीतकारसँग थापाले सहकार्य गर्नुभएको छ । पञ्चेबाजामा ‘वारि घुम्टे पारि गाजा’बाट चर्चा पाउनुभएका उहाँले त्यसपछि थुप्रै पञ्चेबाजाका गीत लोकसङ्गीतलाई दिनुभएको छ । पञ्चेबाजालाई मूलधारको सङ्गीतमा समाहित गर्नेमा गायक थापाको पनि नाम लिने गरिन्छ ।

पञ्चेबाजा गीत सृजना गर्दा उहाँ आफ्नै भूगोलतिर फर्कनुभएको छ । हरेक गीतमा बागलुङ त्यसमा पनि गलकोटको पञ्चेबाजाको धुन झङ्कृत भइरहेको पाइन्छ । सृजनाका माध्यमबाट गाउँ, भूगोल र परिवेश चिनाउने श्रेय उहाँलाई दिइन्छ । उहाँले संसारको जुनसुकै ठाउँमा गएर ‘बागलुङ बजार बाघको सालिक’ गीत गाउँदा मानिसले बागलुङलाई सम्झन्छन् । ‘वारि घुम्टे पारि गाजा’ गाउँदा गलकोटको झझल्को सँगाल्छन् ।

‘माछा मीठो असला दरमखोला’ र ‘आलु मीठो ताराखोलाको’ गाउँदा बागलुङको स्थानीय उत्पादनको चिनारी गीतका मार्फत फैलिइरहेको हुन्छ । गीतको सजीवताका लागि थापा तत् ठाउँमै पुगेर ‘म्युजिक भिडियो’ छायाङ्कन गर्नुहुन्छ । यसबाट स्थानीय

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय