Tuesday 20 October 2026 / बुधबार, ५ कार्तिक २०८३

गोरखा , बिश्वब्यापी रूपमा फैलिएको कोरोना संक्रमण बिगत केहि दिन देखि नेपालमा तिब्र रूपमा फैलदै गएको र अस्पतालमा बिरामी उपचारको लागि बेड र अक्सिजनको चरम अभाबको अवस्था छ।

यस बिषम अबस्थामा गोरखा जिल्ला, शहिद लखन गाउँपालिका-९ नामजुङ्गमा पनि संक्रमितको सँख्या बृद्धि भएसँगै नामजुङ्गमा २ जनाको उपचारको क्रममा (एक जना भारतमा सहित) मृत्यु भएको र २० भन्दा बढी संक्रमित भैसकेपछि बर्तमान स्वास्थ्य संकटको बिषम परिस्थितिमा अत्याबश्यक अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाबले आगामी दिनमा नामजुङ्गमा अरू कुनै अप्रिय घटना नहोस भन्ने उद्धेश्यले नामजुङ्ग सेवा समाजले आपतकालिन अनलाईन बैठक बसि बिगत ४ दिन देखि १० बटा अक्सिजन र अत्याबश्यक स्वास्थ्य सामाग्री गाउँमा उपलब्ध गराउने दृढ संकल्प गरेको थियो ।

लगातार ४ दिनको अनबरत प्रयास पश्चात आज (४ जेष्ठ २०७८) नामजुङ्ग सेवा समाजले १० वटा अक्सिजन सिलिण्डर र अत्याबश्यक स्वास्थ्य सामग्रीहरू गाँउपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछाने सहित अन्य केही ब्याक्तित्वहरुको उपस्थितिमा नामजुङ्ग स्वास्थ्य चौकीलाई र शहिद लखन गाउँपालिकालाई प्रमुख प्रशासकीय अधिकृत जीवन आले मार्फत केही स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको छ ।

सामाजिक सञ्जाल मार्फत सहयोग संकलन गरि ४ दिनमा झण्डै साडे तिन लाख सहयोग संकलन गरोको छ । यस अभियानमा ४ दिनको अन्तरालमा नामजुङ्ग सेवा समाजलाई बिश्वास गरेर सहयोग गर्नुहुने सम्पूर्ण परोपकारी मनका धनी आदरणिय सहयोग दाताहरूमा नामजुङ्ग सेवा समाज नमन् गर्दछ । अक्सिजन उपलब्ध गराउन सहजीकरण गरिदिनु हुने सम्पूर्णलाई आभार ब्यक्त गर्दछ। नामजुङ्ग सेवा समाज एक माध्यम मात्र भएको हुनाले यस महान कार्यको श्रेय तपाईहरु सम्पूर्ण सहयोगी मनहरूलाई अर्पण गर्दछ।

सँस्थाका अध्यक्ष शिब बन्जाराले सहयोगी सबैलाई धन्यबाद ब्यक्त गर्दै यस बिपदको समयमा थप अन्य सहयोगी कार्यको लागी गाउँ बासी, स्वास्थ्यकर्मी र स्थानिय प्रशासनहरु संग छलफल तथा सल्लाह सुझाबका आधारमा निर्णय गरि निरन्तर सेवामा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय