Tuesday 20 October 2026 / बुधबार, ५ कार्तिक २०८३

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नागरिकको स्वास्थ्यप्रति गम्भीर रही निःशुल्क कोरोना खोपको व्यवस्था गर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले करुणा फाउण्डेशन नेपालकाका वरिष्ठ व्यवस्थापक कमल कोइरालाद्वारा आज यहाँ ३० थान अक्सिजन कन्सनट्रेटरको पत्र बुझ्दै सो जानकारी दिनुभएको हो ।
उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति उत्तरदायी रही कोभिड–१९ खोपको सुनिश्चिताको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा मुख्य प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईले महामारीलाई पराजीत गर्न फाण्डेशनको प्राप्त अक्सिजन कन्सनट्रेटरका सहयोगको प्रशंसा गर्नु पर्ने हुँदै कोभीड नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
सो अवसरमा फाण्डेशनका वरिष्ठ व्यवस्थापक कोइरालाले आगामी दिन थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।सो अवसरमा प्रतिथान रु एक लाख २५ हजार मूल्यबरावरको १० लिटर क्षमताको ३० थान अक्सिजन कन्सनट्रयाटर उपलब्ध गराइएको थियो । फाउण्डेशनले गत वर्ष पनि रु एक करोड २५ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय