Tuesday 3 November 2026 / मंगलवार, १८ कार्तिक २०८३

म्याग्दी, मुस्ताङ भ्रमण तथा अन्नपूर्ण पदयात्रामा निस्कने पर्यटकका लागि म्याग्दीको भुरुङ्ग–तातोपानी आकर्षक विश्रामस्थल बन्दै गएको छ। प्राकृतिक तातोपानी कुण्डमा स्नान गरी यात्राको थकान मेटाउन दैनिक सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–२ स्थित कुण्डमा अहिले दैनिक एक सयदेखि दुई सय जनासम्म पर्यटक आउने गरेका छन्। विशेषगरी साँझपख स्नान गर्ने पर्यटकको चहलपहल बढ्ने गरेको छ।

५५ डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानी रहेको कुण्डमा नेपालीका लागि ५० रुपैयाँ र विदेशीका लागि १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। पर्यटकको सुविधाका लागि आसपासमा ३० भन्दा बढी होटल सञ्चालनमा छन्।

यस क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ बजेटबाट पूर्वाधार निर्माण गर्ने योजना अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय