Tuesday 20 October 2026 / बुधबार, ५ कार्तिक २०८३

कर्णाली, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । पहिलो कोरोना महामारीबाट यहाँका जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्नेबारे राससलाई जानकारी गराउँदै मन्त्री शर्माले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै लैजाने बताउनुभयो ।

“कर्णालीका नागरिकहरुको बेरोजगारी समस्या हल गर्न रोजगारी सिर्जना गर्ने योजना निर्माणमा छौँ”, उहाँले भन्नुभयो, “यहाँका प्रत्येक घरपरिवारलाई रोजगार बनाउन सक्यौंँ भने मात्र गरीबी निवारण भएर आत्मनिर्भरता बढ्न सक्छ ।”
आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कर्णाली प्रदेश सरकारले करीब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारीमा रहेको मन्त्री शर्माले बताउनुभयो ।

यता प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीताकुमारी नेपालीले कोभिड महामारीको विषम परिस्थितिका कारण सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि समस्या भएको बताउनुभयो ।

यसैबीच नेकपा(एमाले) कर्णाली प्रदेशसभा दलको आज बसेको बैठकले सरकारले असार १ गते बजेट ल्याउनु १५ दिनअघि नै विधेयक, सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति प्रदेशसभामा प्रस्ताव गर्नुपर्ने प्रदेशसभा नियमावली र संविधानतः व्यवस्था भए पनि त्यसो नभएको टिप्पणी गरेको छ । त्यसका लागि प्रदेश सरकारले आगामी आवका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न तत्काल अधिवेशन बोलाउन माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय