Wednesday 21 October 2026 / बिहीबार, ६ कार्तिक २०८३

कृष्णराम परियार (रासस)

मकवानपुर, बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारद्वारा आगामी आव २०७८÷७९ को लागि प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटमा प्रदेशका १३ वटै जिल्लाका कोभिड–१९ संक्रमणका बिरामीको उपचार सेवा र नियन्त्रणलाई उच्च प्राथमिकता दिइने बताउनुभएको छ ।

ढुंगेलले आज आफ्नो कार्यकक्षमा रासससँग कुरा गर्दै यही जेठको २६ वा २७ गतेभित्र प्रस्तुत हुने नीति, कार्यक्रम र बजेटको प्राथमिकतामा कोभिड–१९बाट पीडा भोगेका परिवारलाई सरकारले उत्पादनतर्फ आर्य आर्जनको लागि आर्थिक प्याकेज कार्यक्रम ल्याउन लागिएको बताउनुभएको छ ।

उहाँले प्रदेशको काठमाडौं उपत्यकाको तिन जिल्लाबाहेक १० जिल्लामा अक्सिजन प्लान्ट स्थान गर्न, अस्पतालको गुणस्तरीय वृद्धिको साथै एचडियु, भेन्टिलेटर र आइसियू कक्षको स्थापना गरी उपचार सेवालाई सहजीकरण गर्न सरकारले छुट्टै कार्यदल पनि गठन गर्ने जानकारी दिनुभयो ।

मन्त्री ढुंगेलले प्रदेश सरकारले अघिल्लो वर्ष जस्तै यस वर्षको नीति, कार्यक्रम र बजेटमा राष्ट्रिय गौरबको आयोजनाको निर्माणको साथै शिक्षाको गुणस्तरीय वृद्धि र दक्ष जनशक्ति उत्पादनको लागि प्राविधिक शिक्षातर्फ जोड दिइने बताउनभुयो ।
उहाँले आगामी आवको लागि प्रस्तुत हुने बजेटले प्रदेशमा कृषि उत्पादनको साथै पशुपालनतर्फ गाई, भैँसी पालनको अतिरिक्त, खसी, बोका, कुखुरा, बंगुर पालनलाई उच्च प्राथमिकता दिई शहरी क्षेत्रको उपभोक्तालाई दुधजन्य पदार्थ र मासुमा आत्मनिर्भर तुल्याउने कार्यलाई जोड दिइने बताउनुभयो ।

प्रदेशको १३ वटै जिल्लाका कोभिड–१९ संक्रमितका परिवारलाई तत्काल आर्यआर्जन गर्ने आर्थिक प्याकेजलाई विपन्न र दलित समुदायका परिवारहरुलाई केन्द्रविन्दुमा राखेर राहत वितरण गर्ने लक्ष्य राखिएको पनि उहाँले जानकारी दिनुभयो ।
मन्त्री ढुंगेलले एक प्रश्नको उत्तरमा प्रदेश सरकारले आगामी आवका लागि ल्याइने नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षले उठाएको कोभिड–१९ संक्रमण रोग नियन्त्रण गर्ने प्रयास, राष्ट्रिय गौरबवको आयोजना र भौतिक पूर्वाधार निर्माणको लागि समान व्यवहार गरी बजेट विनियोजित गरिएको र प्रतिपक्षहरुको भावनालाई कदर गरेर बजेट विनियोजितमा कुनै प्रकारको विभेद गरेको बताउनुभयो ।

उहाँले आगामी आव २०७८÷७९ को लागि सरकारले करिब रु ५४ अर्ब बजेट ल्याइने सम्भावना रहेको उल्लेख गर्दै उहाँले ती बजेटले प्रदेशको १३ वटै जिल्लालाई भौतिक पूर्वाधार निर्माण, सङ्घीय राजधानी काठमाडौंलाई हेटौँडाबाट जोड्ने विद्युतीय बसको संचालन र पोष्ट बहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण तथा कोभिड–१९ संक्रमण रोग नियन्त्रणको लागि सरकारले केन्द्रविन्दुमा राखेर बजेट विनियोजित गरी कार्यान्वय गर्नेतर्फ केन्द्रीत रहेको बताउनुभयो ।

उहाँले प्रदेशको दुर्गम भेगमा बसोबास गर्ने पहुँचबाट टाढा रहेका जनताको स्वास्थ्य उपचारको लागि सरकारले हरेक स्थानीय तहमा कोभिड अस्पतालको साथै स्वास्थ्य चौकीलाई पनि स्तरोन्ती गरी तत्कालै कोभिड संक्रमणलगायत गम्भीर प्रकृतिको रोगको उपचारका लागि आवश्यकीय चिकित्सक, प्रयोगशाला र स्वास्थ्यकर्मी उपलब्ध गराउनेतर्फ प्रत्येक जिसस र स्थानीय तहलाई सहकार्य गरेर बजेट विनियोजित गर्ने र त्यसको मन्त्रिपरिषद्ले पटक–पटक अनुगमन गरी त्यहाबाट आएको सुझावलाई कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय