काठमाडौं- काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको बैठक आज दिउँसो बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा जारी निषेधाज्ञाका बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई सहभागी हुनेछन् ।
सो बैठकले निषेधाज्ञा लम्ब्याउने या मोडालिटी परिवर्तन गर्ने भन्नेबारेमा निर्णय हुनेछ । उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा भोलिसम्म कायम छ ।
