पोखरा – जेठ २९ गतेमात्र गठन भएको गण्डकी प्रदेशको वैकल्पिक सरकारले आज नीति तथा कार्यक्रम ल्याउन लागेको छ । आज दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
‘छोटो समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले तीव्र तयारी गरिरहेका छौं । विज्ञसहितको टोली खटिएको छ,’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने, ‘सबै पार्टीका घोषणा पत्रका मुख्य नीति पनि समेट्ने छौं । निर्वतनमान सरकारको नीति तथा कार्यक्रमको जग त भइहाल्यो ।’
मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे आइतबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेका थिए ।
